अमेरिकाको एक कन्सर्टमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

३ सयभन्दा बढी घाइते

नेपालभ्युज

अमेरिकाको एक कन्सर्टमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

अमेरिकाको एउटा गीत कन्सर्टमा भएको भागदौडमा परी ८ जनाको मृत्यु भएको छ।

अमेरिकाको टेक्सासमा रहेको एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड मच्चिएको हो। घटनामा करिब तीन सय जना घाइते भएका छन्। त्यहाँका ह्युस्टन फायरका प्रमुख स्यामुएल पीका अनुसार घटना हिजो राति ९ बजेतिर भएको थियो। जब र्‍यापरले आफ्नो प्रदर्शन गरिरहेका थिए उक्त समयमा भागदौड मच्चिएको थियो।

कार्यक्रम हेर्न करिब ५० हजार मानिस जम्मा भएका थिए। कार्यक्रमको क्रममा ठूलो भीड स्टेजतर्फ जान थाल्यो। जसका कारण केही मानिसहरू डराए र धकेलाधकेल गर्न थालेका थिए। त्यतिकैमा केही मानिस दौडन थालेका थिए। जसका कारण सांगीतिक कार्यक्रममा निकै अराजक भएको थियो।

घटनामा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। मृत्युको कारण स्वास्थ्य परीक्षणपछि थाहा हुने जनाइएको छ। घाइतेमध्ये धेरैलाई अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये ११ जनालाई हृदयघात भएको स्वास्थ्य अधिकारीहरले बताएका छन्। प्रहरीले घटनाको कारण पत्ता लगाउन भिडियो फुटेज हेरिरहेको बताएको छ।

यस कार्यक्रममा प्रवेश गर्दा पनि मानिसहरु यसरी नै दौडिरहेका थिए। मानिसले त्यहाँ प्रवेश गर्ने बारहरू पनि तोडेका थिए। यसपछि सबैले एकअर्कालाई धकेल्दै, एकअर्काको माथि चढेर कार्यक्रमस्थलमा प्रवेश गर्न थालेका थिए। यस क्रममा धेरै मानिसहरू भुइँमा लडेका जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved