भाइटीका : राष्ट्रपतिदेखि सर्वसाधारणसम्म (फोटो फिचर)

नेपालभ्युज

भाइटीका : राष्ट्रपतिदेखि सर्वसाधारणसम्म (फोटो फिचर)

काठमाडौं । हिन्दू नेपालीहरूको दोस्रो महान् पर्व तिहार आजबाट समापन हुँदै छ। आजको दिन भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइले एक अर्कालाई टीका लगाइदिने गर्छन्।

यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्।

भाइतिहारको दिन दीयो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुखसमृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गरिन्छ।

 

म्याग्दीको बेनी स्थित बालगृहका अनाथ बालबालिकाहरु शनिबार सामुहिक भाइटिका लगाउने क्रममा। तस्वीर : रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved