तिहारको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

नेपालभ्युज

तिहारको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ । हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाडका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन्।

तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्धाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन्।

तिहार अवसर पारेर राष्ट्रपति भण्डारीले शनिबार बिहान स्वदेश तथा विदेशमा रहने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिन्।

‘झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो’, राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन र पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु।’

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved