यसरी स्वस्थकर बनाउनुस् भाइमसला

नेपालभ्युज

यसरी स्वस्थकर बनाउनुस् भाइमसला

काठमाडौं। नेपाली समुदायमा मनाइने हरेक पर्वहरूका आआफ्नै विशेषता छन्। खानपानसँग पनि जोडिएका हाम्रा हरेक पर्वमा भिन्नाभिन्नै परिकार बन्ने गर्छन्। अझ एउटै पर्व त जातिअनुसार मनाउँदा परिकारमा झनै विविधता पाइन्छ।

दशैंमा विशेष गरी मासुलाई प्राथामिकता दिइने गरिनि्छ भने तिहारका दिनअनुसार चिल्लो अनि गुलियो बढी भएका मैदाजन्य खाद्यवस्तु बढी खाइने नेपाली चलन छ।

तिहार भन्नाले दिदीभाइ दाजुबहिनीको सम्बन्ध झल्काउने पर्व बुझिन्छ। भाइटीकाका दिन दाजुभाइको पूजा गरी विभिन्न परिकार उनीहरूले दिने गर्छन्। यसलाई ‘भाइमसला’ भनिन्छ।

काजु, बदाम, किसमिस, दालमखनी, ओखर, छोकरा सुपाडी,ल्वाङ, सुकमेल, नरिवललगायत खानेकुरा मिसाएर तयार पारिएको भाइमसला दिने चलन पहिलेबाट चल्दै आए पनि यसमा अहिले परिवर्तन आएको ठान्छिन् वरिष्ठ पोषणविद डा.अरुणा उप्रेती।

भन्छिन्, ‘अहिले विभिन्न किसिमका मिठाइ र महिनौं बट्टामा राखिएका जुस दिन थाले। साच्चिकै भाइलाई माया गर्छौं भने यस्ता अस्वस्थ्यकर खाने कुरा दिन बन्द गरौं।”

अहिले बजारमा पाइने रंगीचंगी मसलाले स्वास्थ्यमा ठूलो असर पार्ने हुनाले सचेत रहन उनले सुझाइन्। बजारमा सजाएर राखिएका मसलाले मधुमेहका बिरामीलाई मात्रै नभई सामान्य व्यक्तिको स्वास्थ्यमा समस्या ल्याउन सक्नेतर्फ उनले सचेत गराइन्।

उनी थप्छिन्, ‘‘हेर्दा राम्रो र चिटिक्क देखिने मसलाको साटो बरु बदाम, ओखरजस्ता स्वस्थ खानेकुराहरू अलि बढी दिँदा राम्रो हुन्छ।”

त्यस्तै मिठाइमा चाँदीको ‘वर्क’ भनेर राखिएको हुँदा यसले स्वास्थ्यमा निकै असर पुर्‍याउने उनले बताए। बाहिरबाट मिठाइ किन्नै परे पनि रंग नहालिएको र वर्क नराखिएको किन्न उनले आग्रह गरिन्।

कतिमात्रामा खाने मसला ?

सामान्यतया भाइटीकापछि मानिसहरूले मसला चाँडै सक्ने गर्छन्। एकै बसाइमा वा एकै पटकमा यस्ता बढी क्यालोरीयुक्त मसलेदार खानेकुरा खाँदा स्वास्थ्यमा निकै ठूलो जोखिम आउने गर्छ। तत्काल असर नगरे पनि यसरी एकैपटक शरीरलाई चाहिलेभन्दा बढी खाँदा स्वास्थ्यसम्बन्धी दीर्घकालीन असर देखिने डा.उप्रेती बताउँछिन्।

नरिवल, काजु, बदामहरू, किसमिसजस्ता बढी पोसिला खानेकुरा एकैपटक धेरै खाँदा ग्यास्ट्रिक तथ अपजजस्ता समस्या हुन सक्छन्। त्यसैले यस्ता खानेकुरा यत्तिकै खानुभन्दा हलुवा, खीरहरूमा मिसाएर खाँदा निकै लाभदायक हुने उनले बताइन्। त्यत्तिकै यस्ता खानेकुरा खाए पनि दिनमा ४–५ दाना मात्र खान उनको सुझाव छ।

‘किनमेलमा पनि ध्यान दिनुपर्छ’

भाइमसला किनमेल गर्दा पनि निकै राम्रोसँग हेरेर लिन उनले आग्रह गरिन्। भनिन्, ‘‘लामो समय राखिएको मसला छ भने त्यसमा किरा पर्न सक्छ, राम्रोसँग हेरेर मात्र किन्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved