पाटनमा ग्यास सिलिण्डर विष्फोट, एकै घरका ४ जनाको मृत्यु

नेपालभ्युज

पाटनमा ग्यास सिलिण्डर विष्फोट, एकै घरका ४ जनाको मृत्यु

काठमाडौं । पाटनको मंगलबजारको एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको प्रहीरीले जनाएको छ।

मंगलबजार प्रहरी प्रभागबाट ड्युटीमा खटिएका प्रहरी निरीक्षक वीरेन्द्र साहले दिएको जानकारी अनुसार शुक्रबार साँझ ७ बजे आगलागी भएको हो। उक्त घटनामा अन्य दुई जना पनि घाइते भएका उनले जानकारी दिए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएको उनले बताए। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। अर्का एक जना भने सामान्य घाइते भएका र उनी बोलचाल गर्न सक्ने अवस्थामा रहेका असई साहले नेपालभ्यूजलाई बताए।

७१ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, ४० वर्षीया अञ्जना ताम्राकार, रञ्जन ताम्राकार र आठ वर्षीय बालक निर्मल ताम्राकारको मृत्यु भएको उनले जानकारी दिए।

खाना पकाउने बेला ग्यास लिक भएको हुन सक्ने उनले अनुमान गरे। चारतले माटोले लिपिएको निरज ताम्राकारको घरमा आगलागी भएको उनले बताए। दुर्घटनामा घरधनी निरज र सिर्जना ताम्राकार घाइते भएका हुन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved