नामिबियामाथि न्युजिल्यान्डको सहज जित, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

नेपालभ्युज

नामिबियामाथि न्युजिल्यान्डको सहज जित, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले नामिबियामाथि सहज जित निकालेको छ। साथै सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। शुक्रबार भएको खेलमा न्युजिल्यान्डले नामिबियामाथि ५२ रनको सहज जित निकालेको हो।

न्युजिल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १११ रन मात्रै बनाउन सक्यो। नामिबियाका लागि मिचेल भान लिङ्गाले सर्वाधिक २५ रनको योगदान गरे। जान ग्रिनले २३ रन बनाउँदा स्टेफन बार्डले २१ रन जोडे।

बलिङतर्फ टिम साउथी र टे«न्ट बोल्टले समान दुई दुई विकेट लिए। मिचेल स्ट्रार्क, जिम्मी निशम र इस सोधीले समान एकएक विकेट लिए।

जितसँगै न्युजिल्यान्डले समूह २ मा चार खेलबाट ६ अंक जोडेको छ। लिग तालिकाको दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड सेमिफाइनल प्रवेशका लागि थप बलियो बनेको छ। यसै समूहमा रहेको पाकिस्तान ८ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। तेस्रो स्थानमा रहेको अफगानिस्तानको चार खेलबाट ४ अंक छ। भारत तीन खेलबाट २ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved