एमसीसी राष्ट्रघाती हो, कुनै पनि हालतमा रोक्नुपर्छ – प्रभु साह

नेपालभ्युज

एमसीसी राष्ट्रघाती हो, कुनै पनि हालतमा रोक्नुपर्छ – प्रभु साह

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा अमेरिकी सहयोग परियोजना (एमसीसी) रोक्नुपर्ने बताएका छन्।

दीपावली तथा छठ पर्वको अवसरमा फतुवा विजयपुर नगरपालिका-३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले एमसीसी सम्झौता राष्ट्रघाती रहेकाले यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिन सक्ने बताए।

“माधव र प्रचण्डहरूले कम्युनिष्टको खोल ओढेका छन्। जनतासँग गद्दारी गर्दै प्रतिकृयावादी कांग्रेसको पुच्छर बनेका छन्। उनीहरूको यो षडयन्त्र जनताले रोक्नुपर्छ,” नेता साहले भने, “तपाईहरू हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्न सरकार लालायित छ। केही अर्व पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु सामु नतमस्तक छ।”

जसपा अध्यक्ष उपेन्द्र यादवसमेत एमसीसी सम्झौता पारित गर्न मतियार बनेका उनले आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved