प्रधानमन्त्री देउवाको भनाइ खण्डन गर्दै प्रचण्डले भने- एमसीसी पास गराउन पत्र पठाएका छैनौं

नेपालभ्युज

प्रधानमन्त्री देउवाको भनाइ खण्डन गर्दै प्रचण्डले भने- एमसीसी पास गराउन पत्र पठाएका छैनौं
फाइल तस्वीर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ खण्डन गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भई १८ कात्तिकमा विमानस्थलमा देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न प्रचण्ड र आफूले हस्ताक्षरसहित पत्र पठाइसकेको खुलासा गरेका थिए

तर प्रचण्डले उक्त कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको बताएका छन्। शुक्रबार आफ्नै निवास खुमलटारमा देउसी भैलो खेल्न पुगेका सञ्चारकर्मी र कलाकारलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले एमसीसी पास गर्न दुई जनाले नभई राष्ट्रिय समहमति चाहिने स्पष्ट पारे। राष्ट्रिय सहमितका आधारमा मात्रै एमसीसी बढ्न सकिने प्रकारको पत्रचार गरेको उनले जानकारी दिए। भने, “शेरबहादुर देउवा र मैले मात्रै सहमति गरेर एमसीसी अनुमोदन हुन सक्दैन।”

“हामी दुई जनाले एमसीसी पास गर्न राष्ट्रिय सहमति निर्माण गर्ने प्रयास गछौँ भनेर चिठी लेखेको हो, हामीले नै पास गछौँ भनेका छैनौँ,” सञ्चारकर्मी र कलाकारमाझ अध्यक्ष प्रचण्डले स्पष्ट पारे।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवासँग एमसीसीकी नायक प्रमुख कार्यकारी अधिकृत एलेक्सिया लतोर्तुले भेटवार्ता गरेकी थिइन्। १७ कात्तिकमा भएको भेटवार्ताका क्रममा नायक प्रमुख कार्यकारी अधिकृत एलेक्सियाले ‘संसद् किन स्थगित गरेको र एमसीसी कहिले पास हुन्छ भनेर प्रश्न गरेकी थिइन्,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भनेका थिए, ‘मैले संसद स्थगित गर्नुको छुट्टै कारण छ र एमसीसी छिट्टै पास गर्छौं।’

यो पनि पढ्नुहोस्

भीम रावलको आक्रोश – गोप्य पत्राचार राष्ट्रघात हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved