महाधिवेशनको तयारीमा लाग्न सभापति देउवा आग्रह

नेपालभ्युज

महाधिवेशनको तयारीमा लाग्न सभापति देउवा आग्रह
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्

शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए। पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने पनि बताए।

“अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस्, पार्टी भित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन,अधिवेशनको तयारीमा लाग्नुहोला,” उनले भने।

बेलायतमा मन्त्रीहरूले एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएका भन्दै उनले सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे। भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने पनि उनले आश्वासन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved