लक्ष्मीपूजाको राति आगलागी, घरसँगै ट्याक्टर र २५ लाख जल्यो !

नेपालभ्युज

लक्ष्मीपूजाको राति आगलागी, घरसँगै ट्याक्टर र २५ लाख जल्यो !

काठमाडौं । सर्लाहीको ईश्वरपुरमा लक्ष्मीपूजाको रात आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। नगरपालिका वडा नम्बर ७ स्थित श्याम मैनालीको घरमा आगलागी भएको हो।

आगलागीबाट घरमा रहेको दुई ओटा ट्याक्टरमध्ये एउटा जलेर खरानी भएको छ भने अर्को पनि आधा जलेको छ। लक्ष्मीपूजाको साँझ दीपावली सकेपछि राति १२ बजेतिर उक्त घटना भएको हो।

स्थानीय एकका अनुसार खाना पकाउने सिलिण्डर ग्यास विष्फोट भएपछि आगलागी भएको हो। उनका अनुसार आगलागीबाट घरमा ट्याक्टर बेचेर राखिएको २५ लाख रुपैयाँ पनि जलेर नष्ट भएको छ। मैनाली ट्याक्टर किनबेच गर्ने स्थानीय व्यापारी हुन्।

ईश्वरपुर नगरपालिकाका प्रहरी अधिकृत जनकराज ढुंगानाका अनुसार सदरमुकाम मंलगवाबाट दमकल बोलाएर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। “एउटा ट्याक्टर पूर्ण रूपमा जलेको छ, अर्कोमा आंशिक रूपमा क्षति पुगेको छ,” उनले भने। दीपावलीका लागि बालिएको दियो सल्केर आगलागी भएको प्रहरीको अनुमान छ।

तर पैसा जलेको भन्नेबारे आफूलाई जानकारी नभएको ढुंगानाले बताए। आगालागीमा मानवीय क्षति नभए पनि ट्याक्टर राख्ने गोदाम पूर्ण रूपले नष्ट भएको उनले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved