टी-ट्वान्टी विश्वकपबाट बाहिरियो साविक विजेता वेष्ट इण्डिज

जायद क्रिकेट रंगशालामा भएको खेलमा वेष्ट इण्डिज श्रीलंकासँग २० रनले पराजित भयो। पराजित भएसँगै साविक विजेता टोली प्रतियोगिताबाट बाहिरिएको हो।

नेपालभ्युज

टी-ट्वान्टी विश्वकपबाट बाहिरियो साविक विजेता वेष्ट इण्डिज

काठमाडौं। टी-ट्वान्टी विश्वकप क्रिकेटको साविक विजेता वेष्ट इण्डिज जारी संस्करणबाट बाहिरिएको छ। बिहीबार भएको खेलमा श्रीलंकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

जायद क्रिकेट रंगशालामा भएको खेलमा वेष्ट इण्डिज श्रीलंकासँग २० रनले पराजित भयो। पराजित भएसँगै साविक विजेता टोली प्रतियोगिताबाट बाहिरिएको हो।

अबुधाबीमा टस हारेर पहिले ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १८९ रन बनायो। उसका लागि चरिथ असलन्काले ६८ तथा पाथुम निसन्काले ५१ रन बनाए।

वेष्ट इण्डिजका आन्द्रे रसेलले २ विकेट लिए।

१९० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको वेष्ट इण्डिज ८ विकेट गुमाएर १७९ रनमा समेटियो। उसका लागि सिमरन हिटमेयरले नटआउट ८१ रनको विष्फोटक पारी खेले पनि जित दिलाउन सकेनन्। अर्का ब्याट्सम्यान निकोलस पुरनले ४६ रन बनाए।

श्रीलंकाका लागि बिनुरा फेर्नान्डो र डे सिल्भाले दुई दुई विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved