दीवालीको बत्तीले एकताको सन्देश दिन्छः बाइडेन

बाइडेनले तिहारमा बालिएको बत्तीले अन्धकारभित्र पनि ज्ञान, बुद्धि र सत्यलाई देखाउने बताए।

नेपालभ्युज

दीवालीको बत्तीले एकताको सन्देश दिन्छः बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले तिहारको बत्तीले विभाजनबाट एकताको सन्देश दिने बताएका छन्। नेपालीहरुको महान चाड तिहारको शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

अमेरिकासहित विश्वभर रहेका हिन्दु, शिख, जैन र बौद्ध धर्मावलम्वीहरुको चाड तिहार अर्थात दीपावली (दीवाली)को अवशरमा बाइडेनले शुभकामना दिएका हुन्।

बाइडेनले तिहारमा बालिएको बत्तीले अन्धकारभित्र पनि ज्ञान, बुद्धि र सत्यलाई देखाउने बताए। उनले यस पर्वले विभाजनबाट एकता र निराशाबाट आशाको सञ्चार गराउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved