एएफसीको क्लब लाइसेन्स पाउने यी हुन् चार नेपाली क्बल

अब यी चारैवटा क्लबले एएफसीले यस सिजनमा आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। एएफसीले लाइसेन्स प्राप्त क्लबलाई मात्रै आफूले आयोजना गर्ने प्रतियोगितामा सहभागी गराउँदै आएको छ।

नेपालभ्युज

एएफसीको क्लब लाइसेन्स पाउने यी हुन् चार नेपाली क्बल

काठमाडौं। नेपालका ४ वटा क्लबले एशियाली फुटबल महासंघ, एएफसीको क्लब लाइसेन्स पाएका छन्। घरेलु लिग ए डिभिजनका चार क्लबले एएफसीको क्लब लाइसेन्स पाएका हुन्।

क्लब लाइसेन्स लिनका लागि सफल भएका क्लबहरुमा दुई वटा विभागीय क्लब रहेका छन्। नेपालबाट मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसीको क्लब लाइसेन्स पाएका हुन्।

अब यी चारैवटा क्लबले एएफसीले यस सिजनमा आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। एएफसीले लाइसेन्स प्राप्त क्लबलाई मात्रै आफूले आयोजना गर्ने प्रतियोगितामा सहभागी गराउँदै आएको छ।

क्लब लाइसेन्स लागू भएपछि फुटबललाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न सकिने भन्दै एएफसीले यसको व्यवस्था गरेको थियो। लाइसेन्सिङ मापदण्डमा युवा खेलाडीको विकासदेखि क्लबलाई व्यवस्थित बनाउँदै जनशक्तिको ब्यवस्था गर्नुपर्ने उल्लेख छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को फस्ट इन्सट्यान्ट बडीले ए डिभिजनका चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो। चार क्लबको विवरण एएफसीलाई निर्णयसहित पठाएको एन्फाले जनाएको छ।

यसअघि, सन् २०१४ देखि नै एएफसीले नेपालमा पनि क्लब लाइसेन्सिङ लागू गर्न एन्फालाई दबाब दिँदै आएको थियो। करीब ६ वर्षको अन्तरमा नेपालमा पहिलो पटक आर्मी क्लबले मात्र एएफसीको क्लब लाइसेन्स पाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved