विवेकशील साझामा मिश्र पक्षले गरेको विधान संशोधन सदर

नेपालभ्युज

विवेकशील साझामा मिश्र पक्षले गरेको विधान संशोधन सदर

काठमाडौंं। निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई वैधता प्रदान गरेको छ। विधान अध्यावधिकका लागि आयोगलाई पत्राचार गरेकोमा मिश्रको अध्यक्षतामा भएका निर्णयलाई आयोगले सदर गरेको हो।
कात्तिक १७ गते बुधबार निर्वाचन आयोगले कानुन बमोजिम ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको साझा पार्टीले जनाएको छ।
अब उप्रान्त पार्टीको काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ। केन्द्रीय समितिको कुल सदस्य संख्या १२४ मानिने विवेकशील साझाले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।
यसअघि कात्तिक ११ गते मिश्रको अध्यक्षतामा बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति सदस्यहरूको संख्या पाँच जनाको राजीनामा र एक जनाको निधनका कारण अब १२४ रहेको निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved