दीपावलीमा धपक्कै बल्यो काठमाडौं (फोटो फिचर)

घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजाआजा गरिँदै छ। राजधानी रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ।

दीपावलीमा धपक्कै बल्यो काठमाडौं (फोटो फिचर)

काठमाडौं। घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा भइरहँदा संघीय राजधानी काठमाडौं उपत्यका रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ। हिन्दू धर्मावलम्बीले बिहीबार साँझ लक्ष्मीको पूजा आराधना गर्दै दीपावली मनाइरहेका छन्। घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजाआजा गरिँदै छ। राजधानी रङ्गीचङ्गी बत्तीले झकिझकाउ देखिएको छ।

घरको आँगन, पिँढी, दलान, गाईको गोबरले लिपेर सफा बनाइ घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिँगार्ने गरिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने ठाउँसम्म रातोमाटाले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। आज साँझ बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताअनुसार घरको सबैतिर सरसफाइ र बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ। सोही अनुसार गरिएको दीपावलीले काठमाडौं शहर झिलिमिली देखिएको हो।

यसै अवसरमा नेपालभ्यूजका फोटो पत्रकार गोपेन राईले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट खिचेका केही फोटोहरू।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved