कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्शन हुँदैनः माधव नेपाल

नेपालले भने, “देशरूव्यापीरुपमा हाम्रो पार्टीमा आउनेको लहर बढेको छ । निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ।”

नेपालभ्युज

कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्शन हुँदैनः माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर संगठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे।

अध्यक्ष नेपालले संघीय संसद्को चुनाव संविधानले निर्धारण गरेका मितिमा हुने जनाउँदै भने, “कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्शन हुँदैन। छिट्टै चुनाव हुनेवाला छैन, संघीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ। आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ। अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ। रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ।”

नेपालले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै उनीहरुलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताए।

नेपालले भने, “एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ। त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको? एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन। आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ।”

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा–टुक्रा हुन्छ भन्दै अहंकार अब धेरै दिन नटिक्ने बताए। उनले भने, “देशरूव्यापीरुपमा हाम्रो पार्टीमा आउनेको लहर बढेको छ। निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved