मेगा बैंकको अफरः भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशतसम्म फिर्ता

नेपालभ्युज

मेगा बैंकको अफरः भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशतसम्म फिर्ता

काठमाडौं। मेगा बैंकले ग्राहकहरुका लागि तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप ‘ई-तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो ।

ई-तिहार क्याम्पियन भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ ।

यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटीकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, मेगा मार्ट क्याम्पियन लक्ष्मीपूुजाको दिनदेखि भाइटीकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुवै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved