गठबन्धनमा समस्या छैन, सहकार्य चुनावसम्मै रहन्छ : देउवा

वर्ल्ड लिडर समिटका क्रममा भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भ्रमणको निम्तो दिएको पनि देउवाले बताए।

नेपालभ्युज

गठबन्धनमा समस्या छैन, सहकार्य चुनावसम्मै रहन्छ : देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।

वर्ल्ड लिडर समिटमा सहभागी भएर फिर्ता हुने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले गठबन्धनमा समस्या नभएको बताएका हुन्।

देउवाले अलिहेको गठबन्धन आगामी चुनावसम्मे जाने पनि बताए। उनले अहिलेका सरकार पनि पूरै समय चल्ने बताए। उनले भने, ‘‘यो गठबन्धन सरकार पूरै समय जान्छ।”

वर्ल्ड लिडर समिटका क्रममा भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भ्रमणको निम्तो दिएको पनि देउवाले बताए।

देउवाले मोदीसँगको भेटमा आफूले नेपाल र भारतबीचका सबै मुद्दामाथि छलफल गरेको बताए। सोही क्रममा मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको र उनले दिल्ली बोलाएको पनि देउवाले खुलाए।

मोदीसँग नेपाल र भारतसँग सम्बन्धित सबै विषयमा कुराकानी भएको देउवाले बताए। उनले भने, ‘‘ठ्याक्कै यही भन्ने छैन। तर सबै विषयमा कुराकानी भयो। नेपाल भारत सम्बन्धका विषयमा कुराकानी भयो।”

बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिएर देउवा स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved