मोदीसँगको भेटबारे देउवा भन्छन्, ‘मैले नेपाल बोलाएँ, उनले मलाई दिल्ली’

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले मोदीसँगको भेटमा आफूले नेपाल र भारतबीचका सबै मुद्दामाथि छलफल गरेको बताए। सोही क्रममा मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको र उनले दिल्ली बोलाएको पनि देउवाले खुलाए।

नेपालभ्युज

मोदीसँगको भेटबारे देउवा भन्छन्, ‘मैले नेपाल बोलाएँ, उनले मलाई दिल्ली’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भारत भ्रमणको निम्तो आएको बताएका छन्। वर्ल्ड लिडर समिटमा सहभागी हुने क्रममा भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भ्रमणको निम्तो दिएको बताए।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले मोदीसँगको भेटमा आफूले नेपाल र भारतबीचका सबै मुद्दामाथि छलफल गरेको बताए। सोही क्रममा मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको र उनले दिल्ली बोलाएको पनि देउवाले खुलाए।

मोदीसँग नेपाल र भारतसँग सम्बन्धित सबै विषयमा कुराकानी भएको देउवाले बताए। उनले भने, ‘‘ठ्याक्कै यही भन्ने छैन। तर सबै विषयमा कुराकानी भयो। नेपाल भारत सम्बन्धका विषयमा कुराकानी भयो।”

बेलायतको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिएर देउवा स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved