अमेरिकामा बालबालिकालाई कोरोना खोप, गेल कोरेस पहिलो व्यक्ति

अमेरिकाले बुधबारदेखि ५ देखि ११ वर्षका बालबालिकाका लागि कोरोना खोप अभियान शुरु गरेको छ। कोरेस सोही अभियानका पहिलो व्यक्ति हुन्।

नेपालभ्युज

अमेरिकामा बालबालिकालाई कोरोना खोप, गेल कोरेस पहिलो व्यक्ति

एजेन्सी। अमेरिकाले बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन शुरु गरेको छ। वाशिंग्टन डीसीमा बुधबार सात वर्षीय गेल कोरेसलाई खोप लगाउँदै अमेरिकाले बालबालिकाका लागि कोरोना खोप अभियान शुरु गरेको हो।

कोरेसले मिडियाका दर्जनौँ क्यामेरका अगाडि आफ्नो पाखुरामा बालबालबालिको लागि पहलिो कोरोनाविरुद्धको डोज खोप लगाएका छन्। उनले खोप लगाउने समयमा मिडियाका दर्जनौँ क्यामेराको फ्ल्यासलाइटको मुस्कानसहित सामना गरेका थिए।

अमेरिकाले बुधबारदेखि ५ देखि ११ वर्षका बालबालिकाका लागि कोरोना खोप अभियान शुरु गरेको छ। कोरेस सोही अभियानका पहिलो व्यक्ति हुन्।

कोरोना संक्रमण नियन्त्रण र संक्रमितका लागि गम्भीर असर कम होस भन्ने उद्देश्यले अमेरिकाले बालबालिकाका लागि कोरोना खोप अभियान शुरु गरेको बताएको छ।

आफ्नो बच्चाले कोरोना खोप लगाएपछि कोरेसकी आमा अल्मा बेनाविदेसले खुशी व्यक्त गरिन्। ३७ वर्षीया उनले आफू लामो समयदेखि यो क्षणको पर्खाइमा रहेको बताइन्।

अमेरिकाको रोग नियन्त्रण तथा सतर्कता केन्द्रले मंगलबार फाइजरको खोपलाई बालबालिकाका लागि प्रयोग गर्न स्वीकृत दिएको थियो। अमेरिकाले शुरुवातमा १५ मिलियन डोज खोप लगाउने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved