तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

सफासुग्घर र गाईको गोबरले लिपपोत गरिएको घरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवीको रुपमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीको पूजा आराधना आज यो पर्व मनाइन्छ।

नेपालभ्युज

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

काठमाडौं। तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरेर मनाइँदै छ। यमपञ्चकको तेस्रो दिन आज नेपालीहरुले घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरेर मनाउँछन्।

सफासुग्घर र गाईको गोबरले लिपपोत गरिएको घरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवीको रुपमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीको पूजा आराधना आज यो पर्व मनाइन्छ।

आज लक्ष्मीपूजा गर्नुअघि घरका सबै भागको पूर्ण सरसफाइ गरी पालामा बत्ती बालेर घरलाई उज्यालोले झकमक्क पारिन्छ, जसलाई दीपमालिका पनि भनिन्छ। आज साँझ घरको आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाएर लक्ष्मीलाई घरमा बोलाउने गरिन्छ।

घरको पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजा आराधना गर्नुअघि आज घरघरमा दीपावली गरिन्छ।

कात्तिक कृष्ण औँसी अर्थात आज लक्ष्मीपूजा गरेपछि साँझ युवतीहरुले समूह बनाएर भैली खेल्ने प्रचलन रहेको छ। आज भैलो खेल्न आउनेलाई कात्तिकको दान नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved