रियलको जितमा बेन्जेमाको दुई गोल

रियलले युक्रेनको शख्तर डोनेस्कलाई २-१ गोल अन्तरले पराजित गर्यो। रियलका लागि दुवै गोल बेन्जेमाले गरे।

नेपालभ्युज

रियलको जितमा बेन्जेमाको दुई गोल

काठमाडौं। रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा अर्को जित निकालेको छ। फ्रेन्च स्टार करिम बेन्जेमाले दुई गोल गरेपछि रियलले जिवयी नतिजा निकालेको हो।

गएराति भएको खेलमा रियलले युक्रेनको शख्तर डोनेस्कलाई २-१ गोल अन्तरले पराजित गर्यो। रियलका लागि दुवै गोल बेन्जेमाले गरे।

खेलको १४ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले रियललाई अगाडि बढाएका थिए। तर, रियलको घरेलु मैदानमा पाहुना टोली डोनेस्कका पेड्रोले ३९ औँ मिनेटमा गोल गर्दै बराबरी गरे।

त्यसपछि, खेलको ६१ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा फेरि बेन्जिमाले नै गोल गर्दै रियललाई जित दिलाए । जितसँगै रियल ४ खेलबाट ९ अंकसहित समूह डीमा शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved