परीक्षा उर्तीण गरेर पनि पाएनन् चालक अनुमति पत्र

नेपालभ्युज

परीक्षा उर्तीण गरेर पनि पाएनन् चालक अनुमति पत्र

काठमाडौं। सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन्।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका सात लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन्। यातायात व्यवस्था विभागले गत वर्षको भदौ महीनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ।

तर, कोभिडलगायत कारण कार्ड खरिद गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन। विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महीना लाग्नेछ।

विदेश जाने र अति आवश्यक भएकाको हकमा भने लाइसेन्स वितरणको काम सुचारु नै छ। विभागका प्रवक्ता भुसालले सबै खरिद प्रकिया सम्पन्न भइसकेकाले अबको दुई महीनाभित्र सबै काम सम्पन्न गरी वितरण गर्ने तयारी गरेको बताए। उनले १४ लाख स्मार्ट कार्ड आएसँगै तीन सिर्फटमा छपाईंको काम गरेर भए पनि वितरण गर्ने बताए।

विभागले दुई महीनाअघि पनि एक दुई महीनाभित्रै वितरण गर्ने तयारी गरेको बताएको थियो। विभागले हाल लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved