सीजीले सार्वजनिक गर्यो स्मार्ट होम स्किमको पहिलो लक्की ड्र विजेता

योजनाको पहिलो विजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छन्। अधिकारीले सीजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छन्।

नेपालभ्युज

सीजीले सार्वजनिक गर्यो स्मार्ट होम स्किमको पहिलो लक्की ड्र विजेता

काठमाडौं। नेपाली बजारलाई लक्षित गर्दै सीजीले यसवर्ष ल्याएको “सीजी स्मार्ट होम“ योजनाको पहिलो विजेतालाई सार्वजनिक गरेको छ। यो योजना २५ भदौदेखि शुरु भएको थियो।

योजनाको १५ कात्तिकमा पहिलो लक्की ड्र गरेर विजेता घोषणा गरिएको थियो। योजनाको पहिलो विजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छन्। अधिकारीले सीजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छन्।

सीजी ब्रान्डको दशैँ–तिहारको अफरमा ५५ हजार रुपैयाँसम्मको नगद क्यास ब्याक, लक्की ड्रमार्फत सीजीको डबल डोर रेफ्रिजेरेटर र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज तथा अन्य आकर्षक उपहारहरू रहेका छन्।

सीजी स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली विजेता घोषित गर्न बाँकी भएको जनाएको छ। छठ पूजासम्म लागू हुने योजनाको भाग्यशाली विजेता हुनका लागि सीजीएसएच ><नाम>< ठेगाना><बिल नम्बर><  टाइप गरी ३१००१ मा एसएमएस पठाउनु पर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved