हामी आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउन आवश्यक रहेको बताए।

नेपाल भ्यूज

हामी आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ : मुख्यमन्त्री पाण्डे

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोतहरुकाे थलाे बनाउन सकिने बताएका छन्।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन्।

पाण्डेले विश्वका दुई सयभन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरु नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए।

मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउन आवश्यक रहेको बताए।

मुख्यमन्त्री पाण्डेले भने, ‘‘क्षमता बेचेर सुख सुविधा दिएर आर्जन गर्ने क्षेत्र हो। हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौँ। पैसाले हुने भए सगरमाथा युरोप तिरै जन्माउँथे, यहाँ चढ्न किन आउँथे? ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ। तर हामी रोजगारी खोज्न ४० लाख नेपालीहरु विदेशमा छौँ। हामी हाम्रै देशमा आर्जनको स्थल बनाउन सकिन्छ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ, देशका युवाहरुलाई बुझ्न जरुरी छ।’

पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिन नहुने बताए। जति प्रगति भएपनि दम्भ, अहंकार र घमण्ड गर्न नहुने तर्क गर्दै उनले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरु ठूलो हुने तर्क गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved