खोप केन्द्रको निरीक्षणमा स्वास्थ्यमन्त्री खतिवडा

मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्। “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उनले भने।

नेपालभ्युज

खोप केन्द्रको निरीक्षणमा स्वास्थ्यमन्त्री खतिवडा
फाइल तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन्।

मन्त्रालयले यही १६ कात्तिकदेखि आजसम्म बल्खु, कोटेश्वर, गोंगबु र कलंकीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन्। मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए।

मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्। “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उनले भने।

विभिन्न मुलुकबाट एक करोड डोज खोप आयात गर्न लागिएको जानकारी दिँदै मन्त्री खतिवडाले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे।

मंगलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ। त्यसैगरी, आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved