धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

दुर्घटनामा अन्य सात जना घाइते छन्। घाइतेमध्ये दुई जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

नेपालभ्युज

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। दक्षिणी धादिङको धुनीबेसी नगरपालिका-१ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धुनीबेसी नगरपालिका-१ की ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना घाइते छन्। घाइतेमध्ये दुई जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved