प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइको प्रक्रिया शुरु

प्रस्तावित राजदूत उपर १० दिने उजुरी आह्वान गर्दै बुधबार गोरखापत्रमा सूचना प्रकाशित गरेसँग उनीहरुको सुनुवाइ प्रक्रिया शुरु भएको हो।

नेपाल भ्यूज

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइको प्रक्रिया शुरु

काठमाडौं। भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइको प्रक्रिया शुरु भएको छ। ११ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतको सिफारिस गरेको थियो।

प्रस्तावित राजदूत उपर १० दिने उजुरी आह्वान गर्दै बुधबार गोरखापत्रमा सूचना प्रकाशित गरेसँग उनीहरुको सुनुवाइ प्रक्रिया शुरु भएको हो। यसअघि मंगलाबर बसेको संसदीय समितिको बैठकले प्रस्तावित तीन राजदूत उपर १० दिने उजुरीको आह्वान गर्ने निर्णय गरेको थियो।

प्राप्त उजुरीपछि संसदीय समितिले गरेको मूल्यांकनका आधारमा प्रस्तावित राजदूतले नियुक्ति पाउने नपाउने निश्चिय हुनेछ।

गत ५ असोजमा शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले राजनीतिक आधारमा नियुक्त गरेका २३ देशका राजदूतलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयसँगै भारत, अमेरिका र बेलायत लगायतका देशमा राजदूत पद रिक्त रहेको थियो। रिक्त राजदूत पदमध्ये सरकारले तीन देशका लागि राजदूत प्रस्ताव गरेको हो।

बाँकी २० देशमा पनि सरकारले छिट्टै नै राजदूत सिफारिस गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved