नेपालबाट मेक्सिको पठाइएका पाँच अफगानी फिर्ता

“शरणार्थी किटान नभइसकेको अवस्थामा सम्बन्धित देशले आफ्नो देश प्रवेश गर्न नदिने निर्णय लिन पाउने हुँदा उनीहरू नेपाल फकिएका हुन्”, अध्यागमनका एक अधिकारीले भने ।

नेपालभ्युज

नेपालबाट मेक्सिको पठाइएका पाँच अफगानी फिर्ता
नेपालबाट श्रीलंकाको कोलम्बो ट्रान्जिट हुँदै मेक्सिको गएका अफगानी नागरिकलाई त्यहाँको अध्यागमन विभागले फिर्ता पठाएपछि काठमाडौंमा

काठमाडौं। नेपालबाट मेक्सिको गएका पाँच अफगानी नागरिकलाई मेक्सिकोले यतै फिर्ता पठाएको छ। आइतबार नेपालबाट श्रीलंकाको कोलम्बो ट्रान्जिट हुँदै मेक्सिको गएका अफगानी नागरिकलाई त्यहाँको अध्यागमन विभागले नेपाल नै फिर्ता पठाएको हो। अन्तर्राष्ट्रिय प्रचलनअनुसार निष्कासन गरेकै देश फर्किने हुनाले उनीहरू यतै फर्काइएका जनाइएको छ।

“शरणार्थी किटान नभइसकेको अवस्थामा सम्बन्धित देशले आफ्नो देश प्रवेश गर्न नदिने निर्णय लिन पाउने हुँदा उनीहरू नेपाल फकिएका हुन्”, अध्यागमनका एक अधिकारीले भने।

ती नागरिक अहिले काठमाडौं आइपुगेका छन्। ती सबै जना एकै परिवारका हुन्। नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को चर्को दबाबबीच आइतबार सरकारले देशबाट निष्कासन गरेको थियो। तीन वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै ती अफगानी नागरिकलाई नेपाल सरकारले नेपालबाट निष्कासन गरेको थियो। उनीहरू भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

८ कात्तिकमा भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका ११ अफगानीहरूलाई नेपाल प्रहरीले सिनामंगलस्थित एक होटलबाट पक्राऊ गरेको थियो। पक्राऊ परेका ११ अफगानी नागरिकमध्ये पाँच जनालाई सरकारले निष्कासन गर्दा ६ जना भने अध्यागमन विभागको नियन्त्रणमै छन्। पाँच अफगानीसँग तेस्रो मुलुक प्रवेशाज्ञा रहेकाले उनीहरूलाई निष्कासन गरिएको थियो। अन्यसँग तेस्रो मुलुक प्रवेशाज्ञा नभएकाले निष्कासन नगरिएको अध्यागमन विभागको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved