तत्काल चीन अध्ययनका लागि जान पाउनुपर्ने माग राख्दै विद्यार्थीले बुझाए ज्ञापन पत्र

नेपालभ्युज

तत्काल चीन अध्ययनका लागि जान पाउनुपर्ने माग राख्दै विद्यार्थीले बुझाए ज्ञापन पत्र

काठमाडौं। चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरूले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

मंगलबार विभिन्न विद्यार्थीसंगठनहरूले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरूलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन्।

ज्ञापनपत्र लिएपछि परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरू जान नपाउनु मानवीय समस्या भएको बताए। छिट्टै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन पनि उनले दिए। मन्त्री खड्काले विद्यार्थीहरूको अध्ययन गर्न जान नपाएको समस्या गम्भीर रहेको र यसबारे आफूले कुरा पनि उठाएको बताए।

परराष्ट्रमन्त्री खड्काले भने, “यो मानवीय समस्या हो, यो समस्या समाधानका लागि मैले १५ दिनअघि पनि चीनकी महामहिम राजदूतलाई भेट्दा योलगायत खाद्य आपूर्ति र नाका खोल्नुपर्ने समस्या समाधान गर्नुपर्छ भनेको थिएँ, उहाँले यसलाई चीन सरकारले गम्भीरताका साथ लिएको बताउनुभएको थियो, सरकार विद्यार्थीहरूको समस्या समाधानको लागि गम्भीर छ, हामी यो समस्यालाई हामी चाँडै समाधान गर्नेछौँ।”

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँलगायत ६ विद्यार्थी संघठनले कोरोनाका कारण चीनबाट नेपाल फर्काइएका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै उनीहरूलाई विदेशका विश्वविद्यालयमा जान सक्ने व्यवस्था मिलाइदिन माग गर्दै परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका हुन्।

यो पनि पढ्नुहोस्

इन्टर्नसिपकै लागि २० महिना पर्खाइ, करिअर नै धरापमा !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved