बत्ती जाँदैन, झिलिमिली भएर तिहार मनाउनुस् -कुलमान घिसिङ

नेपालभ्युज

बत्ती जाँदैन, झिलिमिली भएर तिहार मनाउनुस् -कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्।

मंगलबार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदानमा प्रबन्ध निर्देशक घिसिङले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए। प्रबन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत् खेर गइरहेको उनले बताए। प्रशारणको कारणले तिहारमा कतै पनि विद्युत् अभाव नहुने उनले बताए। आम नागरिक तथा उपभोक्तालाई ढुक्कसँग विद्युत् चलाउन पनि उनले आग्रह गरे।

घिसिङले भने, “यो तिहारमा हामीले १५ सय मोगावाटभन्दा बढी एक्सपोज गरेका छैनौँ, हामीसँग जेनेरेशन अहिले सम्मको करिब दुई हजार प्लस मेगावाटमा हामी जलविद्युत् मात्रै उत्पादन जडित क्षमता छ, १५-१६ सय जलविद्युत अप्रेशनमा छौँ, कुलेखानी चलाउनुपरेको छैन, कुलेखानी पनि खेर गइरहेको छ, दिउँसो करिब २ सय र राति ५ सय मेगावाट हामी सप्लाइमा छौँ।”

तिहारका लागि लोडअनुसार आपूर्ति धेरै बढी भएको र कुनै समस्या हुने उनले जिकिर गरे। बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था नभएको उनले बताए। “सप्लाइको कारणले, ढुक्ककासाथ जति पनि तिहार मनाउँदा हामीलाई असर पर्दैन, सबै आम नागरिक, उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ।”

प्रवन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको पनि बताए। वितरण प्रणालीमा व्यापक सुधार गर्नेमा पनि उनले जोड दिए। ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने पनि उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved