उकालो लाग्यो शेयर बजार, कारोबार पनि बढ्यो

नेपालभ्युज

काठमाडौं। हिजो (सोमबार) १७ दशमलव ७५ अंकले घटेको शेयर मार्केट आज केही उकालो लागेको छ।

दैनिक दोहोरो अंकले बढिरहेको नेप्से आज (मंगलबार) २३ दशमलव ७६ अंकले बढेको हो। नेप्से आज २८४३ दशमलव ६२ अंकमा पुगेर बन्द भयो। सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८४ अंकले बढेर ५३१ दशमलव ४२ अंकमा पुग्यो।

२८२४ अंकबाट कारोबार शुरु भएको शेयर बजार दिनभर अस्थिर बनेको थियो।

शेयर बजार हरियाली बनेसँगै कारोबार पनि बढेको छ। मंगलबार २ सय ३० कम्पनीको ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता शेयर ५९ हजार ८ सय ८१ पटक किनबेच भएका छन्। आज ६ अर्ब ७ करोड ३७ लाख १६ कजार ८ सय ८८ रुपैयाँको कारोबार भयो।

हरियो बनेको बजारमा बैंकिङ समूहका कम्पनी भने करेक्सनमा जाँदा सामान्य अंकले सूचक घट्न पुग्यो। बैंकिङ समूहको ० दशमलव ०१ प्रतिशत, व्यापार समूहको २ दशमलव १ प्रतिशत र लगानी समूहको ० दशमलव १६ प्रतिशतले सूचक घट्न पुगेको छ।

बाँकी सबै समूह बढेर हरियो बनेको छ। जसमा सबैभन्दा धेरै विकास बैंकको ३ दशमलव ५ प्रतिशतले सूचक बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved