बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड

नेपालभ्युज

बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड
तस्वीर : पत्रकार राजकुमार गजुरेलको फेसबुकबाट

काठमाडौं। नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ।

तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ। कोटाभन्दा बढी मानिस आएपछि  असर्फी नपाउने हो कि भन्ने चिन्ता लागेको निरज पौडेलले चिन्ता व्यक्त गरे।

चाँदीको असर्फी भने पाउने भने उनले आशा गरे। हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेका सिनामंगलका विजय उपाध्यायले पनि भीडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्। उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटोअंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved