माइतीघरमा किसानको नारा- ‘किसानमारा सरकार मुर्दावाद’ (फोटो/भिडिओ)

प्रदर्शनमा उत्रिएका किसानहरुले गुणस्तरहीन बिउ सिफारिसकर्तालाई कारबाहीको मागसमेत गरेका छन्।

नेपालभ्युज

माइतीघरमा किसानको नारा- ‘किसानमारा सरकार मुर्दावाद’ (फोटो/भिडिओ)

काठमाडौं। काठमाडौंको माइतीघरमा किसानहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिको आयोजनामा किसानहरुले विरोध प्रदर्शन गरेका हुन्।

बाला नलागेको धानको घाँससहित प्रदर्शनमा उत्रिएका किसानहरुले सरकारविरुद्ध नारावाजीसमेत गरेका छन्। उनीहरुले किसानको पक्षमा निर्णयहरु गर्न सरकारसँग माग गरेका छन्।

‘साना किसानको ऋण मिनाहा गर’, ‘निशुल्क कृषि बीमाको व्यवस्था गर’, ‘किसान पेन्सनको व्यवस्था गर’, ‘गुणस्तरहीन बिउका कारण पीडित किसानलाई क्षतिपूर्ती दे’ लगायतका नाराहरु लगाएका थिए।

प्रदर्शनमा उत्रिएका किसानहरुले गुणस्तरहीन बिउ सिफारिसकर्तालाई कारबाहीको मागसमेत गरेका छन्। सरकारले बाँडेको बिउ नै गुणस्तरहीन परेका कारण आफूहरु पीडित बनेको उनीहरुको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved