पूर्वमन्त्री सञ्जय टकलालाई राहत, उच्च अदालतले ११ वर्ष मात्र कैद सुनायो

नेपालभ्युज

पूर्वमन्त्री सञ्जय टकलालाई राहत, उच्च अदालतले ११ वर्ष मात्र कैद सुनायो

जनकपुरधाम । जनकपुर बमकाण्डमा संल्गन पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई उच्च अदालत जनकपुरधामले ११ वर्ष कैद सुनाएको छ।

१८ वैशाख  २०६९ मा रिमोट कन्ट्रोलमार्फत् आरडिएक्सयुक्त बम विस्फोट गराउँदा पाँच जनाको मृत्यु भएको थियो। घटनामा तीन दर्जनभन्दा बढी घाइते भए। उक्त घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिएका थिए।

जन्मकैदमा २० वर्ष सजायको व्यवस्था छ। तर उच्च अदालत जनकपुरले ९ वर्ष कम गरेर मात्र ११ वर्षको फैसला सुनाएपछि साहलाई राहत मिलेको छ।

तर, भूमिगत बस्दै आएका तत्कालीन राजन मुक्ति समूहका रञ्जित झा र मुकेश चौधरी पक्राउ परेपछि विस्फोटमा पूर्वमन्त्री साहको नाम मुछिएको थियो। त्यसबेला उनी सभासद् थिए।

धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो। जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए। जन्मकैदमा २० वर्ष सजायको व्यवस्था छ। तर उच्च अदालत जनकपुरले ९ वर्ष कम गरेर मात्र ११ बर्षको फैसला सुनाएपछि साहलाई राहत मिलेको हो।

विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले सोमबार पूर्वराज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो। यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

यसअघि असोज १७ मा उच्च अदालतले जनकपुर ब’मकाण्डकै अर्को ज्यान मार्ने मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो। सो मुद्दामा जिल्ला अदालतले १२ वर्षको सजाय सुनाएको थियो।

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

। सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मु’द्दा चलाइएको थियो।

साह हाल काठमाडौंको नक्खु कारागारमा कै’द भुक्तान गरिरहेका छन्। उनी धनुषा क्षेत्र नम्बर–३ बाट संविधानसभाको दुवै निर्वाचनमा जित हासिल गरेका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरिएको थियो।

डनबाट राज्यमन्त्री सम्मको राजनीति यात्रा यसरी गरेका थिए साह ?

कुनै समय जनकपुरधाममा ‘संजय टकला’ नामले डनका रूपमा परिचित साहले कबाडी ठेक्काबाट मनग्य आम्दानी गरी संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए।

तत्कालीन लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन कै छविबाट अघि बढेका थिए। उनले कैयौं पटक सार्वजनिक अपराध र कुटपिट मुद्दामा खेपेर थुना परेका थिए।

उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नम्बर–४ बाट पहिलो पटक निर्वाचित हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए।

निर्वाचित लगत्तै उनले तीन राउण्ड हवाई फायर गरेर जितको खुसी मनाएका थिए। साह सो निर्वाचनमा १३ हजार ४ सय २२ मत ल्याएर भारी मतान्तरले तत्कालीन एमाले नेता रघुवीर महासेठलाई पराजित गरेका थिए।

सभासद रहेकै बेला फोरम नेपाल परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री समेत बन्न सफल भएका थिए।

त्यसैगरी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज यादवलाई हराउँदै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए।

निर्वाचन सम्पन्न भएलगत्तै उनलाई सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved