मोदी र राजापाक्षे भेट्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री नियुक्तिसँगै देउवाले भारत भ्रमण गर्ने पहल गरे पनि भारतीय प्रधानमन्त्रीको व्यस्तता देखाउँदै भारतीय पक्षले भ्रमण सम्भव नहुने बताएको थियो।

नेपालभ्युज

मोदी र राजापाक्षे भेट्दै प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। जलवायुसम्बन्धी विश्व सम्मेलन कोप-२६ मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गोमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टचार भेटवार्ता हुँदैछ।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा गएका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच सम्मेलनका क्रममा आज भेटवार्ता हुन लागेको हो।

यस्तै, आज नै प्रधानमन्त्री देउवाले श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री नियुक्तिसँगै देउवाले भारत भ्रमण गर्ने पहल गरे पनि भारतीय प्रधानमन्त्रीको व्यस्तता देखाउँदै भारतीय पक्षले भ्रमण सम्भव नहुने बताएको थियो।

भारत भ्रमण सम्भव नभएपछि स्कटल्याण्ड भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लागेका हुन्।

प्रधानमन्त्री देउवा १८ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved