चाडपर्वमा सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्री खाँणको निर्देशन

सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने आपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन्।

नेपालभ्युज

चाडपर्वमा सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठक राखेर खाँडले निर्देशन दिएका हुन्।

सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने आपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन्।

बैठकले चाडवाडका बेला भीडभाड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। स्वास्थ्य सतर्कता र संक्रमण बढ्न नदिने विषयमा नै छलफल केन्द्रित भएको उनको भनाइ छ।

यसअघि पनि भीडभाड नियन्त्रण हुन नसक्दा कोरोना संक्रमण बढेको र अब कोरोनालाई बढ्न नदिन सवै सुरक्षा अंगहरुले उच्च सतकर्ता अपाउने निर्णय भएको पोखरेलले बताए।

बैठकमा रक्षामन्त्री डा. मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायत सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved