व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा चुनौती

नेपाल भ्यूज

व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा चुनौती

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताएका छन्। महासंघ एसोसिएसन सदस्य समन्वय कार्य समितिको दशौं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले व्यवसायी मैत्री ऐन नियम जारी नभए महासङ्घ सङ्घर्षमा उत्रने बताए।

खरिद ऐन संशोधनको अन्तिम प्रक्रियामा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासङ्घ नेतृत्वले इमानदार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताए। महासंंघका सल्लाहकार तथा पूर्वाध्ययन रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमानदार प्रयास आवश्यक भएको धारणा राखे। लो बिलिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए।

महासङ्घका अर्का सल्लाहकार तथा पूर्वाध्ययन सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेसागत हकहितका लागि सबै एक हुनुपर्ने विचार राखे। महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै निर्माण व्यवसायीले उत्कृष्ट काम गरिरहेको बताए। महासंघ एसोसिएसन सदस्य समन्वय कार्य समितिका संयोजकसमेत रहनुभएका उपाध्यक्ष आङदोर्जी लामा एडीले महासङ्घको विकास विस्तारमा एसोसिएसन सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

महासंघ महासचिव रोशन दाहालले एसोसिएसन सदस्यहरू संस्थाको ‘मुटु’ भएको बताउनुभयो। एसोसिएसन सहसंयोजक रामजी पन्त ‘मुकेश’ ले व्यावसायिक एकता आजको आवश्यकता भएको बताए। भेलामा एसोसिएसन सचिव नवराज श्रेष्ठ, कोषाध्यक्ष शिव भट्टराई ले आ—आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका थिए।
निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएसन सदस्य निर्माण व्यवसायीलाई भेलामा सम्मान गरियो।

सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यान्वयन समितिका अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लो—बिड तथा बिमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बिमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखे।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved