जीवनबहादुर शाही कर्णालीमा मुख्यमन्त्री बन्दै

नेपालभ्युज

सुर्खेत। कर्णाली प्रदेशमा कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सोमबार साँझ राजीनामा दिएसँगै शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
मुख्यमन्त्री शाहीले सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका छन् । मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए ।

कर्णाली प्रदेशमा ४० जना सांसद छन् । एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ । त्यसैले हाल कायम संख्या ३५ हो । बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई पार्टी मिल्दा ठिक्क बहुमत पुग्छ । तर, एक सांसद पनि यताउता भए पनि बहुमत पुग्दैन ।

यस प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेसँग एक्लै १६ सिट छ । तर, एमाले विभाजनको फाइदा स्वरुप तेस्रो ठूलो दल कांग्रेसले सरकार चलाउने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved