एक सातापछि सर्वोच्चमा भयो मुद्दा फैसला

सर्वोच्च अदालतमा सोमबार तोकिएको ६ वटै इजलासमा परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा फैसला भएको छ।

नेपालभ्युज

एक सातापछि सर्वोच्चमा भयो मुद्दा फैसला

काठमाडौँ। सर्वोच्च अदालतमा सोमबार तोकिएको ६ वटै इजलासमा परेको बन्दी प्रत्यक्षीकरण मुद्दामा फैसला भएको छ। दुइटा मुद्दामा कारण देखाऊ आदेश, तीनवटा मुद्दामा रिट खारेज र एउटा मुद्दा तामेलीमा राखिएको छ।

पुण्यराज गौतमको पक्षमा मेजुना शाहले प्रहरी वृत्त तीनकुने बानेश्वर काठमाडौँलाई विपक्षी बनाएर दायर गरेको बन्दी प्रत्यक्षीकरण मुद्दालाई न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाँलको संयुक्त इजलासले तामेलीमा राखिदिएको छ।

रामचन्द्र देवकोटाको पक्षमा अधिवक्ता राजकुमार सुवालले चितवन जिल्ला अदालत भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनलाई विपक्षी बनाएर हालेको रिटलाई न्यायाधीशहरू आनन्द मोहन भट्टराई, टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासले खारेज गरिदिएको छ।

अनिलकुमार सिन्हा, कुमार चुडालको संयुक्त इजलासले प्रताप बस्नेत समेतको पक्षमा अधिवक्ता दिवाकर पुरीले महानगरीय प्रहरी वृत्त महाराजगन्ज काठमाडौंसमेत विरुद्ध हालेको रिटलाई खारेज गरिदिएको छ।

सोमे तामाङले सिन्धुपाल्चोक जिल्ला अदालत समेतमाथि हालेको मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले विनोद कुमार चौधरीको रिट खारेज गरिदिएको छ। चौधरीले सप्तरी जिल्ला अदालत तहशील शाखा राजविराज सप्तरी समेत ४ जनालाई विपक्षी बनाएर रिट हालेका थिए।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले परिवर्तित नाम ३१ (०७८–०७९ A13)को हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आबद्ध अधिवक्ता नवल किशोर साहले हालेको निवेदनमा ’कारण देखाऊ’ आदेश दिएको छ। साहले मकवानपुर जिल्ला अदालत हेटौडालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved