न्यायाधीशहरू आज पनि छलफलमै, हरेकको इजलासमा बन्दी प्रत्यक्षीकरण

प्रधानन्यायाधीशका तीन प्रस्तावबारे छलफल

न्यायाधीशहरू आज पनि छलफलमै, हरेकको इजलासमा बन्दी प्रत्यक्षीकरण

काठमाडौ। सर्वोच्च अदालतका १७ जना न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा जुटेका छन्। १४ कात्तिकमा प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले राखेको ‘सम्मानजनक बहिर्गमनको’ प्रस्तावबारे न्यायाधीशहरूबीच छलफल चलिरहेको सर्वोच्च स्रोतले बताएको छ।

प्रधानन्यायाधीशले निम्न तीन प्रस्ताव राखेका छन्ः

  • वैशाखसम्म मैले चलाउन पाउनुपर्छ।
  • प्रशासनिक काम म गर्छु, अटोमेसनमा जान तयार छु।
  • लिखित रूपमा कुनै पनि सहमति गर्दिनँ।

“त्यही विषयमा आज न्यायाधीशहरूबीच छलफल भइरहेको छ”, स्रोतले भन्यो, “साथै उनीहरूबीच बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने/नहेर्नेबारे पनि छलफल चलिरहेको छ।”

सर्वोच्चमा आइतबार बसेको न्यायाधीशहरूको बैठकले वार्ता टोली गठन गरेको थियो।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका थिए। ६ वटै इजलासमा एकएक वटा बन्दीप्रत्यक्षीकरणको मुद्दा राखिएको छ। ६ मध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको दुई ओटा एकल इजलास छ भने चार वटा संयुक्त इजलास तोकिएको छ।

न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्द मोहन भट्टराई , टंकप्रसाद मोक्तान, अनिलकुमार सिन्हा, कुमार चुडाल,सपना प्रधान मल्ल र मनोजकुमार शर्माको चार वटा संयुक्त इजलास तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved