केपीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल

नेपालभ्युज

केपीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। आइतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए। अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाए। देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गर्दै सरकारले जनताको पसिनाको कदर नगरेको र महत्त्व नबुझेको बताए।

अध्यक्ष नेपालले भने ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरूले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, गफ, यस्ता गफाडीहरूको हातमा यो देश गयो। यस्तो गरिब देश छ नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्न, बालुवाटारमै हेलिप्याड चाहिन्छ। त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, करोडौँ रुपैयाँ खर्च गर्ने हो ? राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेको रहेछ, हेलिप्याड बनाउने हो ? म त्यसको विरोधी हुँ, जानुपर्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टाढा पनि छैन। जनताको पसिना बगाएको पैसा कसरी सदुपयोग गर्ने भनेर चिन्ता चासो छैन, देश बनाउन मन पोल्नु पर्‍यो।’

अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो विरोध रहेको बताए। उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने बताए। उनले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटोभन्दा छिटो फास्ट ट्र्याकको काम सक्ने रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved