राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा खुलायो आवेदन

नेपालभ्युज

राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा आवेदन खुलाएको छ। लोक सेवा आयोगबाट लिइने विभिन्न १२ पदका लागि आठ सयभन्दा बढी आवेदन खुला गरेको हो।

नवौं तहको वरिष्ठ प्रबन्धकदेखि पाँचौं तहको वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको हो। २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) को माग गरिएको छ।

८४२ जनाका लागि आवेदन खुला गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनमा छ। यसको सहायक प्रबन्धक पदमा दुई सय जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १ सय ७८ जना माग गरिएको छ।

परीक्षा सञ्चालनको मिति भने पछि जानकारी गराउने जनाइएको छ। दरखास्त फारम भर्ने अन्तिम मिति ५ मंसीरलाई तोकिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved