काठमाडौँका दुई ठाउँमा लाखौँको चोरी

नेपालभ्युज

काठमाडौँ । काठमाडौँका दुई स्थानमा लाखौँ बराबरको नगद र सामान चोरी भएको छ । काठमाडौँ १३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३ घर भएका ४२ वर्षीय रामप्रसाद श्रीवास्तवको कोठाबाट करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको सुन चोरी भएको हो ।

यसै गरी काठमाडौँकै टोखा नगरपालिका–३ रमाइलो डाँडा बस्ने कुमार शाहको घरबाट १ थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved