चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

नेपालभ्युज

चितुवाको छाला र हड्डीसहित तीन पक्राउ
सांकेतिक तस्वीर

कोहलपुर। कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ स्थित सागर गेस्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार सागर गेस्टहाउसको कोठा नं २०५ मा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका–७ निवासी रमेश बयक र वसन्त बिसी तथा बाँके राप्तीसोनारी गाउँपालिका–९ निवासी हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो।

बाँकेमा चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको कारोबारका क्रममा प्रहरी पटक–पटक संलग्नलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved