‘वेलकम इभेन्ट म्यानेजमेन्ट’को दुई दिने विवाह उत्सव प्रदर्शनी सम्पन्न

नेपालभ्युज

‘वेलकम इभेन्ट म्यानेजमेन्ट’को दुई दिने विवाह उत्सव प्रदर्शनी सम्पन्न

काठमाडौं। ‘वेलकम इभेन्ट म्यानेजमेन्ट’ले शुभकार्यका लागि आवश्यक पर्ने सामग्रीहरूको दुई दिने प्रदर्शन गरेको छ। वेलकम ग्रुपको मुख्य कार्यालय पुरानो बानेश्वरमा शुरु भएको दुई दिने महोत्सवमा न्वारन, पास्नी, व्रतबन्ध, विवाह आदि कार्यमा आवश्यक पर्ने सामग्रीहरू प्रदर्शनमा राखिएको थियो।

प्रदर्शनीमा न्वारनका लागि आवश्यक पर्ने चाँदीका थाल, कचौरा, पास्नीमा चौंरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धको लागि आवश्यक पर्ने डालो, धनुषबाण, डोली लगायतका सामग्रीहरू राखिएका थिए।

यसैगरी विवाहका लागि मण्डप, पार्टीस्थल सजावटदेखि फोटो तथा भिडियोको लागि नेपाली परम्परा शैलीको जग्गे, शाहीपाटाको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री, बेहुला तथा बेहुलीको श्रृङ्गार, क्याटरिङ,विभिन्न बाजा लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका थिए।

वेलकम इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक नीता पौडेलले भनिन्, ‘‘नेपालीहरूको प्रमुख चाडपर्वको सिजन र विवाह, व्रतबन्धको शुभ लगन शुरु हुने समयमा उपभोक्तालाई एकै ठाउँबाट स्तरीय सेवा उपलब्ध गराउन प्रदर्शनको आयोजना गरेका हौँ।”

उनले प्रदर्शनीमा उपस्थित व्यक्तिहरूबाट प्राप्त हौसला र उत्साहले आफूहरूलाई ठूलो प्रेरणा मिलेको बताइन्।

वेलकम इभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक व्यवसायीक रुपमा यस्तो कार्यका लागि एकै ठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ।
रोटरिएन नविनिता रिजालले पञ्चेबाजाको मंगलधुन सहित रिबन काटेर सुभारम्भ गरेको उक्त दुई दिने प्रदर्शनीको शनिबार सम्पन्न भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved