‘अध्यादेशबाटै भए पनि महत्वपूर्ण विधेयक बढाउँछौं’

नेपालभ्युज

‘अध्यादेशबाटै भए पनि महत्वपूर्ण विधेयक बढाउँछौं’
फाइल तस्वीर

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले संविधानको मर्म भावनाविपरीत अनावश्यक रुपमा संसद अवरुद्ध गरेको आरोप लगाएका छन्।

शनिबार सर्लाहीको मलंगवामा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म भावनाविपरीत अनावश्यक रुपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेय बढाउने बताए। उनले भने, “नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौं।”

पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिको आधारमा पास गर्ने चाहना रहेको बताए। उनले भने, “नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौं। राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भएपनि जान्छौं।”

त्यसैगरी प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याको सम्बन्धमा गठबन्धनको दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताए।

उनले अहिले गठबन्धनमा कुनै किसिमको समस्या नरहेको पनि स्पष्ट पारे। भने, “न्यायालयमा समस्या देखिएकोले गठबन्धनका नेताहरू काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको छौं।”

अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँभन्दा बाहिर भएकोले साझा धारणा बनाउनमा ढिलो भएको बताए। उनले बैठक बस्ने बितिक्कै गठबन्धनका धारणा आउने जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved