प्रधानन्यायाधीशले राजीनामा दिनेमा विश्वस्त छौं – बार उपाध्यक्ष

तर प्रधानन्यायाधीशले राजीनामा दिँदैमा अहिलेको समस्या समाधान नहुने उपाध्यक्ष भट्टराईको भनाइ छ।

नेपालभ्युज

प्रधानन्यायाधीशले राजीनामा दिनेमा विश्वस्त छौं – बार उपाध्यक्ष

काठमाडौं। नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले राजीनामा दिनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रश्न उठेकाले राणाले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताए प्रधानन्यायाधीशको पद सम्मानित पद भएकाले सहज ढंगले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो।

‘‘अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले मार्गप्रशस्त गर्नुहोस भनेका छौं,” उनले भने। आफूहरू न्यायालयको स्वतन्त्रता, निश्पक्षता, पारदर्शीता र जनताप्रतिको जिम्मेवारीको लागि शुरुदेखि नै लागिपरेको उनले बताए।

तर प्रधानन्यायाधीशले राजीनामा दिँदैमा अहिलेको समस्या समाधान नहुने उपाध्यक्ष भट्टराईको भनाइ छ।

न्यायाधीश नियुक्तीको सन्दर्भमा पनि आफूहरूले डे-वान देखि कुरा उठाइरहेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved