अफगानिस्तानमा अवैध रुपमा फसेका सबै नेपालीको उद्वार : परराष्ट मन्त्रालय

नेपालभ्युज

अफगानिस्तानमा अवैध रुपमा फसेका सबै नेपालीको उद्वार : परराष्ट मन्त्रालय

काठमाडौं। परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट हालसम्म ९ सय ४० नेपालीहरुको उद्दार गरेको जनाएको छ।

अफगानिस्तानबाट उद्दार हुन बाँकी ३२ नेपाली शनिबार स्वदेश फर्किएसँगै मन्त्रालयले हालसम्म ९ सय ४० नेपालीलाई उद्दार गरेको जनाएको हो। अफगानिस्तानबाट ३२ नेपाली शनिबार स्वदेश फर्किएसँगै मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो जनाइएको हो।

अफगानिस्तानमा अवैध ढंगले विभिन्न समयमा गएका ३२ नेपालीलाई सरकारले उद्दार गरेको हो। अफगानिस्तानमा राष्ट्रसंघमा कार्यरत बाहेकका अन्य नेपाली नागरिक नभएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक काममा संलग्न थोरै संख्याका नेपाली मात्र अफगनिस्तानमा रहेका छन्। राष्ट्रसंघ कार्यालयले आफ्ना नेपाली कर्मचारी माथि कुनै सुरक्षामा जोखिम भए तुरुन्त नेपाल फिर्ता पठाउने बचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा तालिबानीले १५ अगष्टमा सत्ता कब्जा गरेपछि त्यहाँका विदेशी नागरिकहरु माथि सुरक्षा जोखिम बढेको थियो। त्यहाँका नेपालीमाथि सुरक्षा जोखिम बढे लगत्तै परराष्ट्र मन्त्रालयले उद्दार कार्य सुरु गरेको थियो। अमेरिकी सेनाले आफगानिस्तान छाडे लगत्तै त्यहाँ तालेबानीहरुले सत्ता कब्जा गरेका थिए। अहिले अफगानिस्तानमा राजनीतिक र मानवीय संकट तीव्र गतिमा चुलिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved