एमालेका कारण एक सेकेण्ड पनि संसद् रोकिएको छैन : नेम्वाङ

नेपालभ्युज

एमालेका कारण एक सेकेण्ड पनि संसद् रोकिएको छैन : नेम्वाङ
फाइल तस्वीर

काठमाडौं। नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेको विरोधका कारण एक सेकेण्ड पनि सदनको काम कारबाही नरोकिएको बताएका छन्।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेको कारण सदनको काम कारबाही रोकियो भन्नु निरर्थक रहेको भन्दै आफ्ना कारणले एक सेकेण्ड पनि सदनको कामकारबाही नरोकिएको बताए।

नेम्वाङले सरकारले नै कुनै पनि विधेयक नल्याएर सदनका कामबिहीन बनाएको आरोप लगाए। सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाच्न नसकेको उनको आरोप थियो। नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्यव्यवस्थामा पनि एमालेसंग कुनै छलफल नै नभएको जिकिर गरे। ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको आरोप उनको थियो। सदनमा पेश भएका बिधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टोबाटोमा हिँडेको उनले बताए।

अहिले मुलुक एमालेमय भएको भन्दै ढुक्क भएर जनताको माझ जान सांसदहरूलाई नेम्वाङले सुझाव दिए। बैठकमा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने अनुपस्थित थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved